
नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सेवा सुरु गर्न नेपालगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा काठमाडौंमा सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको थियो।
नेपालगञ्जदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा हवाई उडान सुरु भएमा यसले पश्चिम नेपाललाई दिल्लीसँग मात्र सिधा सम्पर्कमा ल्याउने छैन, मुलुककै पर्यटन, व्यापार, कनेक्टिभिटी र समग्र विकासमा पनि ठूलो योगदान पुर्याउनेछ।
नेपाल उद्योग वाणिज्य महासंघ र मेरो व्यक्तिगत तर्फबाट म यस पहलमा पूर्ण ऐक्यवद्धता जाहेर गर्दछु।


प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आसन्न भारत भ्रमणमा पनि यस एजेण्डालाई प्राथमिकताका साथ उठाउन हामी आग्रह गर्नेछौं।
हामी सबैको साझा प्रयासले मात्रै नेपालगञ्ज–दिल्ली सिधा उडान सम्भव हुनेछ । सम्पूर्ण सरोकारवालाहरुबाट सकारात्मक सहयोगको अपेक्षा राखेका छौं।