
नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी NCMT ले आफ्नो १२ औं वार्षिकोत्सव को अवसरमा समाज र राष्ट्रप्रति प्रतिवद्धता जनाउँदै विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ।
भूमिका
NCMT स्थापना भएदेखि नै यस क्षेत्रका विद्यार्थीलाई गुणस्तरीय, व्यवहारिक र अन्तराष्ट्रिय स्तरका प्रतिस्पर्धी शिक्षा दिन निरन्तर प्रतिबद्ध रहँदै आएको छ। पछिल्ला वर्षहरूमा कक्षा १२ उत्तीर्ण गरेपछि धेरै विद्यार्थीहरू उच्च शिक्षाको खोजीमा विदेशिने प्रवृत्ति तीव्र देखिएको छ। यसले देशबाट ठूलो मात्रामा शिक्षा रेमिट्यान्स बाहिरिने मात्र नभई योग्य जनशक्ति पलायन हुने समस्या उत्पन्न गरेको छ।
यस वास्तविकतालाई ध्यानमा राख्दै NCMT ले नेपालगञ्जमै बसेर अन्तर्राष्ट्रिय स्तरको BSc.CSIT( Computer Science and Information Technology) BCA (Bachelor of Computer Application) कार्यक्रम अध्ययन गर्न सकिने वातावरण निर्माण गरेको छ। छात्रवृत्ति योजना यसै प्रयासको एक हिस्सा हो, जसले यहांका विद्यार्थीलाई गुणस्तरीय आईटी शिक्षा आफ्नै शहरमै उपलब्ध गराउनेछ। यसले विद्यार्थीलाई न केवल आफ्नो परिवारसंगै बसेर शिक्षा हासिल गर्ने अवसर दिनेछ, बरु विदेशिने अनावश्यक दवाब कम गर्ने र स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा ठूलो योगदान पुर्याउनेछ ।
छात्रवृत्ति वितरण योजना
यस वर्ष, NCMT ले BSc. CSIT र BCA दुवै कार्यक्रमका लागि १२ / १२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछ
– २ जना विद्यार्थीलाई १००% छात्रवृत्ति (त्रिभुवन विश्वविद्यालयद्वारा लिइने प्रवेश परीक्षामा प्रथम हुने दुई जना विद्यार्थीलाई प्रथम सेमेष्टरको मात्र सम्पूर्ण शुल्क (ट्युसन फीः मा १००% छात्रवृत्ति प्रदान गरिनेछ ।)
२ जना विद्यार्थीलाई ७५% छात्रवृत्ति
२ जना विद्यार्थीलाई ५०% छात्रवृत्ति
६ जना विद्यार्थीलाई २५% छात्रवृत्ति
यसरी प्रदान गरिने छात्रवृत्तिको वित्तीय मूल्यः
BSC.CSIT कार्यक्रममा जम्मा रु १९,४०,०००
BCA कार्यक्रममा जम्मा रु. १५,६०,००० (कुल रु. ३५,००,००० बराबरको छात्रवृत्ति यस योजनामार्फत उपलब्ध गराइनेछ।)
छात्रवृत्ति छनौट प्रक्रिया
छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी छनोट प्रक्रिया निष्पक्ष परदेशी र प्रतिस्पर्धात्मक हनेछ। मूल्याकन मापदण्ड यसप्रकार रहनेछः
त्रिभुवन विश्वविद्यालय प्रवेश परीक्षाको नतिजाः ४०
क्याम्पसले आफै लिने छात्रवृत्ति परीक्षाः ४०%
महिला उम्मेदवारलाई प्रोत्साहनः १०%
गरिब/जेहेन्दार विद्यार्थीको मूल्याङ्कनः १०%

समावेशी समूह (महिला, आर्थिक रूपमा असक्षम विद्यार्थी का लागि छात्रवृत्ति आवेदन गर्दा आफू बस्ने बडा वा पालिकाबाट जारी सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ
उद्देश्य र अपेक्षित परिणाम
१. शिक्षामा समान अवसर – कुनै पनि विद्यार्थी आर्थिक अवस्थाका कारण गुणस्तरीय आईटी शिक्षा भन्दा बन्चित नहोस् ।
२. विदेश पलायन रोकथाम आफ्नै शहरमा गुणस्तरीय शिक्षा पाएपछि विद्यार्थी अनावश्यक रूपमा विदेशिनुपर्ने बाध्यात्मक परिस्थितिमा सुधार ।
३. प्रतिभा प्रोत्साहन असल नतिजा ल्याएका वा जेहेन्दार तर अवसर नपाएका विद्यार्थीलाई अगाडि ल्याउनु ।
४. महिला सशक्तिकरण आईटी क्षेत्रमा महिलाको सहभागिता बढाउन सीधा प्रोत्साहन ।
५. स्थानीय विकास नेपालगञ्जमै उच्चस्तरीय आईटी शिक्षा उपलब्ध गराई क्षेत्रीय स्तरमै दक्ष जनशक्ति उत्पादन ।
राष्ट्र निर्माण सूचना प्रविधि क्षेत्रमा बा, नैतिक र नवीन सोच आएका युवा तयार गरी राष्ट्रलाई प्राविधिक दृष्टिले सबल बनाउने योगदान ।
सामाजिक उत्तरदायित्व
यो छात्रवृत्ति योजना NCMT को शैक्षिक मात्र होइन, सामाजिक उत्तरदायित्वको प्रत्यक्ष अभिव्यक्ति हो।
– हामी नाफाभन्दा बढी समाजप्रतिको प्रभावलाई प्राथमिकता दिन्छौं ।
– गरिब, जेहेन्दार र महिला विद्यार्थीलाई अवसर डिं? रामानता र समावेशीता सुनिश्चित गछौं।
– यसरी शिक्षामा लगानी गरेर हामी देशमै रहन सक्ने, देशमै योगदान दिन सक्ने दक्ष जनशक्ति तयार पाने दीर्घकालीन लक्ष्य बोकेका छौ ।
सम्मेलन आयोजना गरिएको छ । यस कार्यक्रममा सम्पूर्ण सञ्चारकर्मी महानुभावहरूको उपस्थितिको लागि धन्यवाद ज्ञापन गर्दछौं ।
प्रकाशक
नेपालगञ्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (NCMT
गणेशमान चोक, नेपालगञ्ज
सम्पर्क: ०८१-५३२८८३, ९८४८०२२३९१, ९८०२८१००२५
