नेपालगन्ज । स्थानीय जातको (रैथाने थारु) आलुखेतीमा यहाँका किसानको आकर्षण बढ्न थालेको छ । पछिल्लो समय आलुको माग बढ्न थालेपछि त्यसतर्फ किसानको आकर्षण बढ्न थालेको हो ।

माग बढ्नुका साथै विकासे आलुको तुलनामा महँगोमा बिक्री हुन थालेपछि किसानले व्यावसायिक आलुखेती गर्न थालेका स्थानीय बताउँछन् । विकासेभन्दा स्थानीय जातको आलुको माग बढी भइरहेकाले यसलाई व्यावसायिकरुपमा गर्न थालिएको हाे ।
