चिनी उद्योग खुल्ने भएपछि बर्दियामा उखु खेती गर्ने लहर (भिडियो)


मधुवन (बर्दिया)। बर्दियामा दुईवटा ठूला चिनी उद्योग निर्माणकाे काम धमाधम भइरहेकाे छ ।

राजापुर नगरपालिका-५ बदालपुरमा करिब २ अर्बको लगानी र सदरमुकाम गुलरियामै पनि अर्को चिनी उद्योग निर्माण भइरहेकाे छ ।

पश्चिम तराईको बर्दियाको राजापुरमा धान उत्पादन हुने क्षेत्रमा चिनी कारखाना बन्न थालेपछि स्थानीय किसान खुशी भएका छन् । थोरै लगानीमा बढी आम्दानी हुनेभन्दै किसानले उखु खेती लगाउन थालेका छन् ।

करिब दुई सय बिघा क्षेत्रफलमा उखु लगाउने अनुमान गरिएको छ । परम्परागत धान खेती गर्दै आए पनि अहिले किसान उखु खेतीतर्फ आकर्षित हुन थालेका हुन ।

राजापुर सुगर एण्ड केमिकल्स इन्डस्ट्रिज प्रालिले उद्योगसम्बन्धी प्रारम्भिक वातावरणीय परीक्षणको शनिबार सार्वजनिक सुनवाइ पछि चिनी कारखाना निर्माणको काम सुरु गरेको छ ।

हेर्नुस् बिस्तृत भिडियोमा

प्रकाशित मितिः     ३ भाद्र २०८२, मंगलवार १७:५६  |