देशभर कति छन् चारतारे हाेटल,कहाँ कति ?


 

नेपालगन्ज । नेपालमा यो वर्षसम्मको आँकडाले दर्ता भएर सञ्चालन भएका चारतारे होटलहरू ४० वटा छन् । पर्यटन विभागका अनुसार, यहाँ धेरै होटल काठमाडौंबाहिरका छन् ।

कंचनपुरको ९५ कोठाको होटल ओपेरा, बाँकेको १ सय ५४ कोठाको होटल कृष्णा ‘डाईमण्ड’ सूचीमा छन् । बाँकेकै ८७ कोठे होटल सिटी प्यालेस, ९९ कोठे कल्पतर होटल सूचीमा अटाएका छन् । चितवनमा पनि विभिन्न होटल छन् । जसमा ८५ कोठे होटल सेभेन, ९० कोठा क्षमताको होटल सिराइचुली पर्छन् ।

काभ्रेको १ सय ५० कोठाको होटेल मिस्किट माउन्टेन काठमाडौं उपत्यकाबाहिर कहलिएका चारतारे होटल हो । यो सूचीमा, १ सय ७० कोठाको बाँकेको भ्यू होटल सिद्धार्थ, रुपन्देही तिलोत्तमाको ९६ कोठाको ड्रिमल्याण्ड गोल्ड होटल, ९७ कोठा भएको होटल कृष्णा, ९८ कोठाको नान्स होटल, ९९ कोठाको एसियन होटल, ९५ कोठाको बोधी रेडिसन होटल, ९६ कोठाको गौतम बुद्ध एयरपोर्ट होटलहरू पर्छन् ।

यस्तै कास्कीको ९९ कोठाको होटल बाराही, ८९ कोठाको होटल सांग्रीला, २ सय २५ कोठाको होटल ल्याण्डमार्क, ८८ कोठाको होटल माउन्ट कैलाश, ९६ कोठाको होटल सरोवर, ९९ कोठाको हेरिटेज होटल , ९८ कोठे होटल रोम रेजेन्सी कास्कीमा मात्रै भएका चारतारे होटल हुन् ।

सूचीमा मोरङबाट अटाएका होटलहरूमा ९६ कोठाको रत्ना, ८८ कोठाको बिग होटल पर्छन् भने पर्साका ९८ कोठाको स्काइलाइन, ९८ कोठाकै होटल दियालो, ९९ कोठाको हिमाल वाटर पार्क छन् ।

८५ कोठाको सिन्धुपाल्चोकको होटल भोटेकोशी, ९९ कोठाको नवरपरासीको होटल ओरियन, ९९ कोठाको भैरहवा गार्डेन होटल, ९८ कोठाको मौर्य होटल भैरवहा यही सूचीमा छन् । ९९ कोटो कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट, ९८ कोठाको सिद्धार्थ सनी रिसोर्ट काठमाडौं उपत्यकाबाहिरका चारतारे होटल हुन् ।

उपत्यकारमा पाँच वटा चारतारे होटलहरूमा १ सय ८८ कोठाको होटल शंकर, ९९ कोठाको होटल ग्राण्ड, २ सय २५ कोठाको होटल क्राउन इम्पेरियल, ९९ कोठाको ठमेल प्लजा होटल र ९८ कोठाको होटल लो मुस्ताङ छन् ।

प्रकाशित मितिः     ४ भाद्र २०८२, बुधबार ०८:५०  |