
नेपालगन्ज । बाँकेकाे नेपालगन्ज र काेहलपुर ‘मेडिकल सिटी’कारुपमा उदाएका छन् । पश्चिमका बिरामीको भराेसाे बनेका यहाँका अस्पतालमा गुणस्तरीय सेवा थपिदै छन् ।
त्यसैक्रममा काेहलपुरमा थपिएको छ ‘एच एण्ड एच अस्पताल’ । चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा स्थापना भएको यो अस्पतालले २४ घण्टा इमरजेन्सी, ओपिडी, आइसीयू, एनआइसीयू, एचडियू, कम्प्रेहेन्सिभ मेटरनिटी केयर, अत्याधुनिक अपरेसन थियटर र आफ्नै फार्मेसीसहितका सेवा सुरु गरेको छ।
साथै, अन्य विषयका विशेषज्ञ चिकित्सकहरूको सहभागिता यसलाई अझ विश्वासिलो र उपयोगी बनाएको छ।
महिला स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढाइएको यो प्रयासले स्थानीय स्तरमै सुरक्षित मातृत्व र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता दिलाउने अपेक्षा गर्न सकिन्छ। अझ महत्वपूर्ण कुरा—यसले महिलालाई स्वास्थ्य सेवाप्रति सजग र आत्मविश्वासी बन्ने वातावरण पनि सिर्जना गर्नेछ।
तर, केवल अस्पताल खोल्नेमात्रै समाधान होइन। राज्यका तीनवटै तह—संघ, प्रदेश र स्थानीय सरकारले यसलाई मजबुत बनाउन सहयोग गर्न जरुरी छ। आवश्यक नीतिगत समर्थन, पूर्वाधार सुधार र स्वास्थ्यकर्मीलाई प्रोत्साहन बिना यस्तो पहल लामो समय टिक्न कठिन हुन्छ।

यसैले, कोहलपुरमा सुरु भएको एच एण्ड एच अस्पताललाई हामीले नयाँ आशा र अवसरको रूपमा लिनुपर्छ। यसले महिला स्वास्थ्य मात्र नभई समग्र समाजको स्वास्थ्यस्तर सुधार्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ भन्नेमा शंका छैन।
काेहलपुरका मेयर पुर्ण आचार्यको शुभकामना !
पश्चिम नेपालको केन्द्रविन्दुका रुपमा रहेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड एच एण्ड एच हस्पिटलले सेवा सुरु गरेकोमा अत्यन्तै खुसी लागेको छ । यसक्षेत्रकै प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा ल्याइएको यो अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा सहज, सरल र छिटोछरितो, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्ने नै छ । अन्य स्वास्थ्य सेवा समेत प्रवाह गर्ने भएकाले यहाँका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच हुनेछ भन्ने विश्वास छ । डा.विसीसहितको सम्पूर्ण टिमलाई शुभकामनासँगै बधाई ज्ञापन गर्दछु ।
