नेपालगन्ज —काेहलपुर सहित बाँकेका बिभिन्न ठाउँमा भेटिएका जंगली धान संरक्षण गर्न संरक्षणकर्मीले माग गरेका छन् ।
संरक्षणकर्मी पुरमल बस्नेतले काेहलपुरकाे दशबिगाहा क्षेत्रमा राजमार्गकाे छेउमा याे धान फेला पारेका थिए ।
त्यस्तै धान अन्यत्र केही ठाउँमा भएपनि संरक्षण अभावमा नासिदै गएको बस्नेत बताउँछन् ।

बस्नेत भन्छन्,- ‘पाँच बर्षदेखि मैले यहाँ जंगली धान देखिरहेकाे छु । कुनबेला नासिने हाे कुनै टुंगो छैन ।’
