पानी उद्योग महासंघकाे केन्द्रीय सदस्यमा शरद रिजाल मनाेनित


 

बिराटनगर – नेपालगन्जस्थित क्रिष्टिलाे पानी उद्योगका संचालक शरद रिजाल नेपाल पानी उद्योग महासंघ केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।

माेरङकाे बिराटनगरमा सम्पन्न महासंघको दोस्रो पूर्ण बैठक रिजाललाई सदस्यमा मनाेनित गरेकाे हाे । उनकाे मनाेनयन पछि पानी उद्योगीकाे हकअधिकार सुनिश्चित गर्न प्रभावकारी काम हुने महासंघले अपेक्षा गरेकाे छ ।

बैठकमा महासंघको संस्थागत सुदृढीकरण, प्रदेश तथा जिल्ला तहमा संगठनको सक्रियता अभिवृद्धि गर्ने, पानी उद्योग व्यवसायीहरूको हकहित संरक्षण गर्ने, पानी उद्योगमा देखिएका समस्या समाधानका लागि सरकारसँग आवश्यक पहल गर्ने लगायतका विषयहरूमा छलफल भएर निर्णय भएको महासंघले जनाएको छ ।

यसैगरी बैठकले महासंघलाई अझ सबल, सशक्त र प्रभावकारी बनाउनका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीति, नीति तथा कार्यक्रमहरू तय गर्दै विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरको महासंघका महासचिव ध्रुब प्रसाद अधिकारीले बताएका छन् ।

नेपाल पानी उद्योग महासंघ आफ्नो उद्देश्यप्रति सदैव प्रतिबद्ध रहँदै उद्योग व्यवसायको सुदृढ विकास, गुणस्तरीय पानी उत्पादन, उपभोक्ता अधिकार संरक्षण र दिगो उद्योग प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने भएको छ। महासंघको बैठक कोशी प्रदेश समन्वय समितिले सहजीकरण गरेको थियो ।

प्रकाशित मितिः     ८ भाद्र २०८२, आईतवार २१:३४  |