चर्चित चिनियाँ ब्रान्डका माेबाइल सेटहरु नेपालगन्ज बजारमा


नेपालगन्ज । मोबाइल सेटको चिनियाँ ब्राण्ड कुलप्याडले नेपालगन्ज मार्फत पश्चिम नेपालकाे बजारमा आक्रमक मार्केटिङ शुरु गरेकाे छ ।

पछिल्लो समय सो ब्राण्डले नेपाली बजारमा आफ्नो उपस्थिति सशक्त बनाउँदै गएको बेला पश्चिमी बजारमा पनि आक्रमक बजार बिस्तार गरिरहेकाे छ ।

ओली ट्रेड लिंक याे ब्राण्डकाे क्षेत्रीय वितरक रहेकाे छ जाे माेवाइल सम्बन्धि ‘ट्रेड’मा बिश्वासिलाे र नाम कमाएको ‘फर्म’ हाे ।

उसैले कुलप्याडका माेवाईल सेटकाे बिक्री  वितरण शुरु गरेकाे छ । साेमवार नेपालगन्जका प्रतिष्ठित माेवाइल बितरकहरुको उपस्थितिमा माेबाइल सेट ‘लन्च’ गरिएको हाे ।

ओली ट्रेड लिंकका प्रबन्ध निर्देशक चिरञ्जीवी ओलीका अनुसार, हरप्रकारका ग्राहकहरुमा लक्षित गरेर माेवाइल आएको छ । उहाँका अनुसार १० हजार ५ सय देखि २४ हजारसम्म उपभोक्ता मुल्य रहेकाे छ ।

छोटो समयमा नै कुलप्याडका माेबाइल सेट नेपालमा बजारीकरण गर्न सफल भएको छ । कुलप्याड नयाँ र आकर्षक डिजाइनमा उपलब्ध भएकाले युवा पुस्ताको रुचिमा परेकाे हाे ।

प्रकाशित मितिः     ९ भाद्र २०८२, सोमबार २०:४५  |