
बाँके । नेपालगन्जमा आर्थिक वर्ष २०८२/८३ मा संचालनका लागि पाँचवटा क्यासिनोले नवीकरण गरेका छन् । तर हाल यि भन्दा धेरै क्यासिनाे संचालनमा छन् ।
पर्यटन विभागका अनुसार इम्पेरियल इन्टरटेन्मेन्ट प्राली (स्ट्रिम पिक प्रालि हाेटल), ज्याकपोट ग्यामिङ्ग सेन्टर (भ्यू होटल सिद्धार्थ परिसर), ओम त्रयम्बकम इन्टरटेन्मेन्ट प्रालि (होटल एण्ड कौशिकी बैङ्केट प्रालि), सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि (होटल सिटी प्यालेस), वेलिज इन्टरटेन्मेन्ट प्रालि (स्नेह होटल प्रालि)ले नेपालगन्जमा संचालनका लागि नवीकरण गरेका छन् ।

तर नेपालगन्जमा अन्य हाेटलमा पनि साना ठूला क्यासिनो संचालनमा रहेका छन् । चालु आवका लागि नवीकरण गरेका मध्ये दुईवटा क्यासिनाे र हाेटल नयाँ सुनिएका हुन । काैशिकी बैंकेट र स्ट्रिम पिक नयाँ सुनिएका नाम हुन ।
