नेपालगन्ज । कम्प्युटर एसोसिएसन नेपाल महासंघ,बाँकेले आन्दोलनको आडमा बाँके जिल्लाभित्र क्षति भएका बिभिन्न सरकारी कार्यालयहरु सिघ्र संचलनामा सूचना प्रविधि क्षेत्रमा (सेवा तथा परामर्श) निःशुल्क आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

सचिव रमेश क्षेत्रीले प्रेस बिज्ञप्ति जारी गरि क्यान महासंघकाे तर्फबाट उक्त प्रतिवद्ता जनाएका हुन ।क्यान महासंघले डिजिटल स्वतन्त्रता, भ्रस्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवाहरूको आव्हानमा भएको विरोध प्रदर्शनका क्रममा अमुल्य जीवन गुमाउनु भएका होनहार युवाहरु प्रति भावपूर्ण श्रदान्जलि अर्पर्ण गरेकाे छ ।
शोकसन्तप्त परिवारजन प्रति गहिरो समबेदना प्रकट गर साथै यस घटनामा घाइते हुनुभएका सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गरेकाे छ ।

युवाहरुले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति CAN Federation बाँके शाखा गहिरो दुःख व्यक्त गरेकाे छ ।

