सांग्रिला डेभलपमेन्ट बैंककाे २१औं वार्षिक साधारण सभा तय


नेपालगन्ज । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले पुस ७ गते सोमबार साढे १० बजे अमृतभोग क्याटरर्स कालिकास्थानमा २१औं वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुत्तल गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश पाउने छन्।

प्रकाशित मितिः     १४ मंसिर २०८२, आईतवार ११:०५  |