
नेपालगन्ज । प्याब्सन नेपालगञ्जको आयोजनामा सञ्चालित प्याब्सन नेपालगञ्ज भलिबल कप २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
प्रतियोगिताको उद्घाटन मङ्सिर २५ गते प्याब्सन नेपालगञ्जका अध्यक्ष मानबहादुर थापाकाे सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख आदरणीय प्रशान्त बिष्टज्यूको प्रमुख आतिथ्यमा भएको थियो।
उद्घाटन समारोहमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष तरुण बज्राचार्य, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन बाँकेका पदाधिकारीहरू, प्याब्सन नेपालगञ्ज नगर कार्यसमिति, साथै विभिन्न विद्यालयका संस्थापक तथा प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वडा नम्बर १२ मा अवस्थित ज्वाला खेलमैदानमा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा १८ विद्यालयका छात्र–छात्रा, महिला शिक्षक–कर्मचारी तथा पुरुष शिक्षक–कर्मचारी गरी चार विधामा ५८ वटा टिमले सहभागिता जनाएका थिए।
प्रतियोगिताका नतिजा यसप्रकार रहेका छन्:
छात्रा भलिबल कप
प्रथम: नेपालगञ्ज मोडेल एकेडेमी
द्वितीय: मुनतारा इङ्लिस मिडियम हाइ स्कुल
तृतीय: जय बागेश्वरी सेकेन्डरी स्कुल
छात्र भलिबल कप
प्रथम: स्टार फ्युचर सेकेन्डरी स्कुल
द्वितीय: वेस्ट जोन इङ्लिस मिडियम हाइ स्कुल

तृतीय: मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल
महिला शिक्षक–कर्मचारी भलिबल कप
प्रथम: नेपालगञ्ज मोडेल एकेडेमी
द्वितीय: जय बागेश्वरी सेकेन्डरी स्कुल
तृतीय: आदर्श माध्यमिक विद्यालय
पुरुष शिक्षक–कर्मचारी भलिबल कप
प्रथम: जी.भि.एन. सेकेन्डरी स्कुल
द्वितीय: वेस्ट जोन इङ्लिस मिडियम हाइ स्कुल
तृतीय: जय बागेश्वरी सेकेन्डरी स्कुल
विजेता तथा उपविजेता विद्यालयका खेलाडीहरूलाई प्रमाणपत्र र मेडलसहित सम्मान गरिएको थियो भने विद्यालयहरूलाई ट्रफी प्रदान गरिएको आयोजकले जनाएको छ।
नगद पुरस्कारतर्फ छात्र तथा छात्रा भलिबलतर्फ प्रथमलाई रु ६,०००, द्वितीयलाई रु ५,००० र तृतीयलाई रु ४,००० प्रदान गरिएको थियो। त्यसैगरी महिला तथा पुरुष शिक्षक–कर्मचारी भलिबलतर्फ प्रथमलाई रु १०,०००, द्वितीयलाई रु ७,५०० र तृतीयलाई रु ५,००० नगद पुरस्कार प्रदान गरिएको थियो।

