बैंकका कर्मचारी विरुद्ध राजक गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग


 

काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा भएका विविध समस्यागत घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण गरेको छ। राष्ट्र बैंकले विज्ञप्तिमार्फत यस क्षेत्रमा गैरव्यावसायिक र उच्छृंखल गतिविधि गर्ने विरुद्ध कडा कारबाहीको माग गरेकाे छ।

नेपाल सरकार, राष्ट्र बैंक र बैंकिङ क्षेत्रको संयुक्त प्रयासले सबै स्थानीय तहमा वित्तीय सेवा पहुँच सम्भव बनाएको राष्ट्र बैंकले जनाएको छ। निक्षेप, कर्जा, विप्रेषण र सामाजिक सुरक्षा रकमजस्ता सेवा स्थानीय स्तरमै सहजरूपमा प्राप्त गर्न सकिने भएको छ।

राष्ट्र बैंकले कर्जा प्रवाह गर्नु, परियोजनाहरूको अनुगमन गर्नु र कर्जा असुल गर्नु बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्य भएको उल्लेख गरेकाे छ। ऋणीले नियमित रूपमा कर्जा भुक्तानी गर्नु आवश्यक रहेको छ। कर्जा असुली नभए निक्षेप फिर्तामा समस्या हुने बताएकाे हाे।

प्रतिकूल परिस्थितिमा कर्जा भुक्तानीमा समस्या परेको अवस्थामा राष्ट्र बैंकले पुनर्संरचना र पुनर्तालिकीकरणको माध्यमबाट सहजीकरण गरेको राष्ट्र बैंकले बताएको छ। साथै, बैंकिङ कारोबारमा कुनै समस्या भएमा ग्राहकले सम्बन्धित संस्था वा राष्ट्र बैंकमा गुनासो सुनुवाई गरी समाधान गर्न सकिने व्यवस्था पनि रहेको छ।

राष्ट्र बैंकको विज्ञप्तिमा बैंक कर्मचारीद्वारा गैरव्यावसायिक र उच्छृंखल गतिविधि नियन्त्रणमा नआएमा वित्तीय क्षेत्रमा कठिनाइ हुने भएकोले सोमा संलग्न नहुन सबैलाई जानकारी गराइएको छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानून अनुसार कारबाही हुने भएकाले वित्तीय क्षेत्रका कर्मचारीले जिम्मेवारीसाथ काम गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रकाशित मितिः     १ पुष २०८२, मंगलवार १७:४१  |