महाेत्सवका नाममा आयोजककाे ‘ठगी धन्दा’ हुन थाले


 

नेपालगन्ज । महाेत्सवहरु आयोजककाे ‘ठगी खाने भाँडाे’ बन्न थालेका छन् । पर्यटन,ब्यापार,संस्कृति,स्थानीय उत्पादनकाे प्रबर्द्धन गर्ने भन्दै संचालन हुने महाेत्सवले कुनै प्रकारका उपलब्ध दिदैनन् । उदेश्य अनुरुपको प्रबर्द्धन गर्ने आयोजककाे नियत नै हुँदैन ।

राम्रो उदेश्य राखेर संचालन गरिने त्यस्ता मेला महाेत्सवका आयोजककाे भित्री नियत ‘ठगी खाने’ हुने गरेकाे छ । यसरी ‘ठगी खान’ पल्किएकाहरुले हरेक बर्ष महाेत्सव आयोजना गर्छन् उदेश्य बिहिन तरिकाले !

महाेत्सवका नाममा ठगी खानेहरुको रहस्य कति खुल्छन् कति खुल्दैनन् । बाँकेमै एउटा प्रतिष्ठित ब्यापारिक संस्था भित्र गत बर्ष लगाएको महाेत्सवमा ‘ठगी’ भएको बिषयले ठूलो बिवाद निम्तियाे । सीमित पदाधिकारीले महाेत्सवका नाममा लुट्नसम्म लुटेकाे भन्दै कार्यसमितिमा कुरा उठ्याे ।

लामाे रस्साकस्सीपछि छानबिन समिति गठन भयाे । तर रहस्य नखुल्दै फेरि महाेत्सव आयोजना गर्ने तयारीमा जुटेकाे छ । महाेत्सवका नाममा उक्त आयोजकले गरेकाे ठगी धन्दाकाे पर्दा खुल्दैछ ।

‘ जुन उदेश्यले मेला महाेत्सव गरिन्छ त्यही भइदिएको भए राम्रो हुन्थ्यो । तर त्याे हुँदैन । लुट मच्चाउने काम हुन्छ । कस्ले बाेल्ने, कस्ले सुन्ने ?’- ब्यवसायीहरु भन्छन् ।

प्रकाशित मितिः     ४ पुष २०८२, शुक्रबार ०८:३४  |