बगरखेतीलाई अनुदान, न्यूनतम २० बिगाहा हुनैपर्ने सर्त


नेपालगन्ज । बाँकेकाे राप्तीसाेनारी गाउँपालिकाले बगरखेतीलाई प्रोत्साहन गर्न रु छ लाखसम्म अनुदान दिने भएको छ ।

तर न्यूनतम बीस बिगाहामा खेती गर्नैपर्ने र आवश्यक कागजात हुनैपर्ने कानुनी बाध्यताले गर्दा बगरमा बर्षाैदेखि खेती गर्दै आएका बास्तविक कृषक यसबाट बन्चित हुने छन् ।

राप्ती नदीबगरमा अहिले पनि नेपाली नागरिकले खेती गर्दै आएका छन् । तर उनीहरुको फर्म दर्ता नभएको र थाेरै मात्रा खेती गर्ने भएकाले आवश्यक कागजात पुरा गर्न नसकेर अनुदान लिन पाउँदैनन् ।

तर पनि गाउँपालिकाले पुष १६ गते सार्वजनिक सुचना जारी गर्दै यहि महिनाकाे मसान्तसम्म प्रकृयामा आउन भनेकाे छ ।

प्रकाशित मितिः     २२ पुष २०८२, मंगलवार ११:१४  |