
नेपालगन्ज । पशुपतिदयाल मिश्रका बिषयमा नियाेजित तरिकाले चुनावी प्रोपागाण्डा फैलाएपछि उनकाे परिवारले आपत्ती ब्यक्त गरेका छन् ।
कर्णाली विकास बैंक घाेटला प्रकरणमा मिश्र पूर्पक्षका लागि थुनामा छन् । ज्येष्ठ नागरिक समेत रहेका उनी बिरामी अवस्थाका कारण अस्पतालमा उपचार गराइरहन्छन् ।
त्यसरी उपचारमा रहेका मिश्र माथि नियाेजित तरिकाले आगामी फागुन २१ काे चुनाव लक्षित गरेर अस्पतालकाे क्याबिनबाटै रणनीति बनाउन लागेकाे भन्दै अफवाह फैलाइएको उनका भतिजा माेहनराम मिश्रले समाजिक संजालमा लेखेका छन् ।
उनले लेखेका छन्,-‘ उहाँको स्वास्थ्यमा समस्याबारे संजिवन मेडिकल साइन्स कलेज र भेरी अस्पतालको साथै लखनउको रिपोर्ट हामीसंग सुरक्षित छ। जुन बेला माग गरेमा उपलब्ध गराउन तयार छौं ।’
मिश्रको परिवारले श्रोतको हवाला दिदै फैलाइएको अफवाहमा पुरानाे तस्वीर सम्पादन गरेर प्रयाेग गरिएको भन्दै आपत्ति ब्यक्त गरेका छन् ।

अस्पतालकाे क्याविनमा बसेर चुनावी रणनीति बुनिरहेकाे भन्दै फैलाएको अफवाह हाँस्यास्पद रहेकाे भन्दै सामाजिक संजालमा ब्यांग्य गरिएको छ । अस्पताल स्रोतको हवालालाई दिदै फैलाइएको अफवाहमा ‘क्याविन भित्रबाट राजनीतिक कुराकानी गरेकाे आवाज’सुनिएको भन्दै ‘चुस्कि लिने’ शैलीमा शब्दहरु काेरिएको भन्दै भेरी अस्पतालका पूर्व अध्यक्ष प्रमाेद धितालले लेख्छन्,-
‘तपाईंहरु भेरी अस्पतालकाे क्याबिन नं १ मा जानू भयाे ? त्यहाँ गएर क्याबिनमा उहाँ बसेकाे फाेटाे खिच्नु भयाे ? कार्यकर्ताकाे भिड लागेकाे फाेटाे खिच्नु भयाे ?’ धितालले एउटा बिरामी माथि चुनावी प्राेपाागाण्डा नियाेजितरुपमा फैलाएको भन्दै निर्वाचन आयोगकाे ध्यानाकर्षण गराएका छन् ।
नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष माेहित शाहले मानवीय संवेदनाकाे समेत ख्याल नगरेर अफवाह फैलाइएको भन्दै दु:ख ब्यक्त गरे । ‘उहाँ उमेरले ज्येष्ठ नागरिक हाे । बिरामी हुनुहुन्छ । गाउँघरबाट आफन्त,छिमेकी भेट्न आएको बिषयलाई चुनावी रणनीतिसंग जाेडियाे । मानवीय संवेदनाकाे ख्याल गरिएन ।’ -शाहले भने
मिश्र नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य हुन र उनी बाँकेका बाँकेका दिग्गज नेतामा पर्छन् । कर्णाली विकास बैंकका पूर्व अध्यक्ष रहेका मिश्र बैंक घाेटलामा थुनामा छन् ।

