अफ्ट्यारोका सारथी, ‘युथ आइकन’


 

नेपालगन्ज : नेकपा एमालेको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुमन मल्ल युवाका लागि युथ आइकन संगै बृद्धबृद्धाको भरोसाको केन्द्र बनेका छन् ।

२०६२ सालदेखि नेकपा एमालेको युवा संगठन युवा संघ र युथफोर्समा सक्रिय मल्ल ले वडा अध्यक्ष भएर आफुलाई सफल प्रमाणित गरिसकेका छन् भने वडाअध्यक्ष हुँदा बाँकेको ८१ वडामा आफ्नो वडालाई अब्बल प्रमाणित गरेका मल्ल यतिबेला भने प्रतिनिधि सभा सदस्यको लागी एमालेको उम्मेदवार बनेका छन् ।

जेन्जी आन्दोलन र देशमा बदलिएको परिवेशमा एमालेले मल्ललाई उम्मेदवार बनाउदा युवापुस्तामा नयाँ तरंग देखा परेको छ भने बृद्धबृद्धाले भरोसाको नयाँ आशा देखेका छन् ।

यसै क्रममा उम्मेदवार मल्लले आइतबार खजुराका धार्मिक गुरु मौलाना संग भेटघाट तथा छलफल गरेका छन् । बाँके क्षेत्र नम्बर ३ को आफ्नो चुनावी अभियानकै क्रममा मल्लले उक्त भेटघाट गरेका हुन् । भेटघाटका क्रममा मौलाना संगै स्थानीयहरुले मल्ललाई जितको शुभकामना संगै आफुहरुको भरोसा केन्द्र रहेको बताएका थिए ।

अन्य प्रमुख दलहरुले आयातीत उम्मेदवार दिदा बाँके क्षेत्र नम्बर ३ का मतदाताले आफ्नो क्षेत्र टुरिष्ट क्षेत्र नभएको बताउदै स्थानीय अनि युथ आइकन सुमन मल्ललाई जिताउने बताउदै आएका छन् । यस्तोमा मल्ल बाँके क्षेत्र नम्बर ३ का मतदाता समक्ष आफू स्थानीय उम्मेदवार रहेको र आफ्नो चुनावी अभियान समग्र स्थानीय मतदाताको अभियान रहेको बताउदै आएका छन् ।

पछिल्लो समय देशब्यापी रुपमा युवापुस्ता राजनितीमा युवापुस्ता आउनुपर्ने माग बलियो हुँदै गैरहेको बेला सुमन मल्लको उम्मेदवारीले क्षेत्र नम्बर ३ मा युवाहरू उत्साहित भएका हुन् भने वडाअध्यक्ष हुँदा गरेको सेवाको कारण बृद्धबृद्धा समेत आफ्नो भरोसाको केन्द्रको रुपमा मल्ललाई देख्दै आएका छन् ।

मल्लले कोभिडको समयमा राधापुरमा चिकित्सक सहितको आईसोलेसन सञ्चालन गरेका थिए भने एम्बुलेन्स सेवा सञ्चालन गरेका थिए । गाँउका विपन्न समुदायका बालबालिकालाई माध्यामिक तथा उच्च शिक्षाका लागि नियमित सहयोग गर्दै आएका छन् । गाँउमा विरामी पर्दा होस वा अन्य कुनै सहयोग गर्नुपर्दा मल्ल सधै अगाडी देखिन्छन् । उनले एमालेबाट निर्वाचित जन प्रतिनिधी भएपनि अन्य पार्टीका नेता कार्यकर्ताहरुले समेत उत्तिकै बिश्वास गर्दै आएका छन् ।

प्रकाशित मितिः     ७ फाल्गुन २०८२, बिहीबार १७:२६  |