उद्योग क्षेत्रमा सुधान्शु काेइरालाले गर्नुभएको बाचा


नेपालगन्ज ।बाँके-२ मा नेपाली काँग्रेसका उम्मेदवार सुधान्शु काेइरालाले सार्वजनिक गर्नुभएको घाेषणापत्रमा उद्योग ब्यवसायलाई प्रोत्साहन गर्ने उल्लेख छ ।

यसैगरी उद्योग, व्यवसाय प्रवर्द्धनतर्फ भारतसँगको आयात–निर्यात सहजताका लागि आइसीपीको प्रभावकारी सञ्चालन गरिने, खुला सिमानाका कारण हुने चोरी, पैठारीलाई निरुत्साहित गर्न भन्सार मूल्यांकनलाई पुनरावलोकनका लागि आवश्यक नीति तर्जुमा गर्न आवश्यक पहल गर्ने, नयाँ उद्योग स्थापनाको लागि करमैत्री नीति लागु गर्न अग्रसर रहने, स्थानीय उद्योगलाई प्रोत्साहन, प्रवर्द्धन र बजारीकरण गर्न आवश्यक पहल गर्ने लगायत संकल्प गरिएको छ।

त्यस्तै राँझा विमानस्थललाई अन्र्तराष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिइने, नेपालगन्ज–दिल्ली लगायत भारतीय शहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने, बागेश्वरी मन्दिर, जुँगे खडेश्वर महादेव, गौशाला हनुमान मन्दिर(१०८ फिट), राप्ती(सिधनियाघाट), राप्ती गंगा महाआरती, बेतहनी पाँझस्थित शिवधाम लगायत क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न योजना अनुरुप कार्य सम्पन्न गर्न आवश्यक पहल गर्ने लगायत रहेका छन्।

प्रकाशित मितिः     १३ फाल्गुन २०८२, बुधबार ०८:३९  |