‘खेतीपाती पनि जुवा खेले जस्ताे ! कहिले फाइदा कहिले घाटा’


बाँके । नेपालगन्ज-१६ जयसपुर निवासी असलम राईले गत बर्ष बन्दाकोपीमा बीस लाख घाटा ब्यहाेर्नुभयाे । उत्पादन भएको किन्न काेही आएन । खेतमै कुहियाे ।

तर पनि उहाँले हरेस मान्नु भएन । याे बर्ष झन्डै पच्चीस कठ्ठामा बन्दाकोपी लगाउनुभएको छ । उत्पादन स्याहार्न ब्यस्त हुनुहुन्छ । ‘ हरेस मान्ने कुरा भएन । गत बर्षकाे घाटा अहिले पुरा गर्छु । एकपटक भएन भनेर कृषकले कृषि गर्न छाड्न हुँदैन ।’- उहाँले भन्नुभयो ।

उहाँसंग हामीले भिडियो संवाद गरेका छाैं,बिस्तृत भिडियो संवादमा हेराैं ।

 

प्रकाशित मितिः     १६ फाल्गुन २०८२, शनिबार १२:१४  |