सशस्त्र प्रहरीले यसरी बिदाई गर्‍यो निर्वाचन प्रहरी (फाेटाे फिचर)


नेपालगन्ज । सशस्त्र प्रहरी बल नेपाल अन्तरगत बाँकेमा खटिएका निर्वाचन प्रहरीलाई बिदाई गरिएको छ ।

सशस्त्र प्रहरी बल ३० नम्बर गणका गणपति भिमबहादुर चन्द र सशस्त्रकै ४२ रिजर्भ गणका गणपति श्याम रावतकाे उपस्थितिमा आयोजित कार्यक्रमकाबीच उहाँहरुलाई बिदाई गरियो ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सशस्त्र प्रहरीमा बाँकेमा ३ सय ३ निर्वाचन प्रहरी खटाइएको थियो ।

उहाँहरुलाई जिल्लाको विभिन्न निर्वाचन क्षेत्रहरूमा निर्वाचन अवधिभर परिचालन गरिएको थियो ।

प्रकाशित मितिः     २८ फाल्गुन २०८२, बिहीबार १७:०१  |