
नेपालगन्ज । लुम्बिनी प्रदेशकै पहिलो अनलाइन ट्याक्सी तथा बाइक सेवा हाे ‘ई-ड्राइभ नेपाल’ । १८ महिना अघि बुटवल–भैरहवा क्षेत्रबाट सुरु गरिएको ई-ड्राइभ सेवा नेपालगन्जमा पनि विस्तार गरिएको छ । हाल रुपन्देहीमा ११० वटा ट्याक्सी तथा ५०० भन्दा बढी मोटरसाइकल राइडरमार्फत सेवा दिइरहेको छ ।
ई-ड्राइभ लुम्बिनीका निर्देशक विजय भण्डारी (बासु) ले समयअनुसार सेवा प्रणाली डिजिटल बन्दै गइरहेको सन्दर्भमा ट्याक्सी सेवालाई पनि प्रविधिसँग जोडेर अनलाइन माध्यमबाट सुरक्षित, सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपालगञ्जमा सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो।
अध्यक्ष राजकुमार गुप्ताले युवालाई स्वदेशमै स्वरोजगार बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ १८ महिना अघि रुपन्देहीबाट ई-ड्राइभ सेवा सुरु गरिएको जानकारी दिनुभयो। उहाँले आगामी दिनमा यो सेवा देशभर विस्तार गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो।

हाल ई-ड्राइभ लुम्बिनीले करिब ७ करोड रुपैयाँभन्दा बढीको लगानीमा सञ्चालनमा रहेको छ।

