
गुर्भाकाेट । सुर्खेत गुर्भाकाेट नगरपालिका वडा नम्बर ४ ले वडाभित्र पर्ने सामुदायिक विद्यालयलाई ‘ल्यापटप’ हस्तान्तरण गरेकाे छ ।
सुचना प्रविधिसंग जाेड्न ती ‘ल्यापटप’ प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष रामबहादुर डाँगीले जानकारी दिनुभयाे ।
‘सामुदायिक बिद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने प्रयत्न गरिरहेका छाैं । त्यसै अन्तरगत ल्यापटप हस्तान्तरण गरेका हाैं’- अध्यक्ष डाँगीले भन्नुभयाे ।

उहाँका अनुसार, आर्थिक बर्ष २०८२/८३ मा बिनियाेजित बजेटले चारवटा विद्यालाई ल्यापटप हस्तान्तरण गरिएको हाे ।

