नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा ‘हाेटल कान्तिपुर प्लाजा’ सञ्चालनमा


नेपालगन्ज । पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवा-सुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत् रूपमा सञ्चालनमा आएको छ । करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको यो होटल यही २०८२ चैत ६ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हाे ।

नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनाहरूलाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्ड अनुरूप यो होटल तयार गरिएको युवा उद्यमी एब संचालक ऋषिराम कँडेलले बताउनुभयो ।

होटलका मुख्य आकर्षण र सुविधाहरूः

बस्ने व्यवस्थाः होटलमा कुल २७ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन्, जसमा विलासी अनुभवका लागि २ वटा विशेष स्वीट रुम (Suite Rooms) उपलब्ध छन् ।

आधुनिक सुविधाः सबै कोठाहरूमा एसी (AC) र २४ सै घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाहरूको सहजताका लागि ८ जना अट्‌ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।

डिजिटल बुकिङः पाहुनाहरूको सुविधालाई मध्यनजर गर्दै ई-सेवा (eSewa) लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सभा/सेमिना र खानपानः होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका छन् ।

पार्किङः सवारी साधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था छ ।

नेपालगन्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पुऱ्याउने विश्वास लिएका छन् ।

प्रकाशित मितिः     ६ चैत्र २०८२, शुक्रबार १०:४३  |