कच्चापदार्थ नपाउँदा उद्योग बन्द,कर्मचारी बिदामा


नेपालगन्ज । अमेरिका-इजरायल र इरानबिचको तनावले मध्यपूर्वमा युद्ध चर्किएको छ । यसले प्रत्यक्षरुपमा नेपाली उद्योगहरुलाई समस्या पारिरहेको छ ।

उद्योगमा कच्चापदार्थकाे अभाव हुन थालेकाे छ भने धेरैले उत्पादन कटाैती गरेका छन् । यस्तै परिस्थिति अझै केही दिनसम्म भइरहे उद्योग बन्द गर्नुपर्नेसम्मकाे अवस्था आइलागेकाे उद्योगीहरु बताउँछन् ।

बिशेष गरि पेट्रो केमिकल उद्योगलाई धेरै समस्या उत्पन्न भएको हाे। नेपालगन्ज उद्योग वाणिज्य संघका एशाेसियट सदस्य एवं उद्योग कमल कार्कीका अनुसार पेट्रो केमिकलजन्य कच्चापदार्थमा चल्ने उद्योग बन्द भइसकेका छन् । ‘हाम्रै उत्पादन बन्द भइसक्याे । लगभग यस्ताे प्रकृतिका उद्योग बन्दकाे अवस्थामा छन् ।’- उहाँले भन्नुभयाे ।

पेट्रो केमिकल सम्बन्धि कच्चापदार्थ तेस्रोमुलुकबाट भारत हुँदै नेपाल आयात हुन्छ । तर मध्यपूर्वमा तनाव भएपछि भारतले नेपाल आउने त्यस्ता कच्चापदार्थ आफ्नो बजारमा अभाव हुन नदिन निर्यातमा राेक लगाएका कारण समस्या भएको हाे ।

प्रकाशित मितिः     ९ चैत्र २०८२, सोमबार १५:५७  |