हाेलील्याण्डका बिद्यार्थीले ‘राडार’बनाए,’इलेक्ट्रोनिक कार’ कुदाए (भिडियो सहित)


बाँके । नेपालगन्ज-१०(भृकुटीनगर) स्थित हाेलील्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले शुक्रबार  ‘साईन्स राेबाेटिक्स एवं प्लेनेटोरियम’ प्रदर्शनी आयोजना गरेकाे छ । बिद्यालयका संस्थापक प्रिन्सीपल प्रशान्त श्रेष्ठले विद्यार्थीले नै बनाएको ‘राेबाेट’ले दिएको कैंचीले रिबन काटेर प्रदर्शनीकाे उद्घाटन गर्नुभयो ।

उल्लेख्य अभिभावक सहभागी उक्त कार्यक्रममा विद्यार्थीले निर्माण गर्नुभएका ‘राडार,अटाेनाेमश कार,रिमाेट कन्ट्रोल कार, इलेक्ट्रोनिक छडी’ जस्ता दर्जन ‘राेबाेटिक’ सामाग्री प्रदर्शनमा राखिएको थियाे ।

‘नयाँ पुस्तालाई राेबािटक बिज्ञानमा अभ्यस्त पार्नका लागि याे कार्यक्रममा आयोजना गरेका हाैं’ संस्थापक प्रिन्सीपल श्रेष्ठले भन्नुभयाे,-‘बिद्यार्थी भाईबहिनीहरुले निकै उत्साहित भएर सहभागीता जनाउनुभयाे ।’

उक्त प्रदर्शनी प्राविधिक सहायता गर्नु हुने निरज श्रेष्ठले बिद्यार्थीले परम्परागत तरिका भन्दा फरक शैलीमा बिज्ञान प्रदर्शनी गरेकाे बताउनुभयो । ‘ अहिले पनि पुरानै ढंगमा बिज्ञान प्रदर्शनी गरेकाे धेरै ठाउँमा देखेका छाैं । यहाँका बिद्यार्थीले फरक तरिका अपनाए ।’- श्रेष्ठले भन्नुभयाे ।

२०५१ सालमा स्थापना भएको हाेलील्याण्ड स्कुल यहाँको पुरानाे स्कुल मध्ये पर्छ । हाल यहाँ उच्च माविमा बिज्ञान र ब्यस्थापन शंकाय पढाइ भइरहेकाे छ ।

प्रकाशित मितिः     १२ चैत्र २०८२, बिहीबार १६:००  |