
नेपालगन्ज । बाँके हिरमिनियाका जयपाल माैर्य राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कार पाउने कृषक हुनुहुन्छ । उहाँले एक सय एक कठ्ठामा बीउँ आलू उत्पादन गर्नुभएको छ ।
‘अहिले ‘ग्रेडिङ’ गर्दै करिव २५ किलोमिटर टाडा काेहलपुरकाे ‘काेल्ड स्टाेर’मा आलू राख्न लैजान्छाैं । ट्रकमा लैजान एकै पटक ‘ग्रेडिङ’ गर्न सकिदैन । जे जति ‘ग्रेडिङ’ हुन्छ,त्यति आफ्नै ट्याक्टरमा काेल्ड स्टाेरमा लैजानुपर्छ ।’- माैर्यले भन्नुभयाे ।

करिब हजार कुईण्टल आलू उत्पादन गर्ने माैर्य परिवारले काेल्ड स्टाेरमा आलू लैजादा ‘ओभरलाेड’ भएको भन्दै ‘ट्राफिक जरिवाना’ तिर्नुपरिरहेकाे छ । उहाँहरु भन्नुहुन्छ,-‘नियम कानुन मान्दिन भनेका छैनौं । उहाँहरुले नियम अनुसार नै गर्नु भएको छ भने पनि सरकारले कृषकलाई दु:ख दिने यस्ता नियम खारेज हाेस् ।’

