हुम्लामा पहिलोपटक ‘जटिल गर्भवती’काे सफल शल्यक्रिय


 

नेपालगन्ज । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख Dr. Umakanta Tiwari को नेतृत्वमा ३९ हप्ताको गर्भावस्थामा (G9L7A1 at 39 WOG) जुम्ल्याहा गर्भ रहेको (पहिलो बच्चा breech presentation र दोस्रो बच्चा Transverse presentation भएको) अवस्थामा सफल शल्यक्रिया (Elective LSCS) सम्पन्न गरिएको छ ।

साथै Bilateral Tubal Ligation समेत गरिएको थियो । उक्त शल्यक्रियामा एनेस्थेसिया यज्ञराज जोशी, Dr. Birendra Shahi तथा स्टाफ नर्सहरू शर्मिला गिरी, रविना राना र कञ्चन चौधरी सहभागी थिए ।

हाल आमा तथा दुवै शिशुहरूको स्वास्थ्य अवस्था राम्रो रहेकाे छ ।

सम्भवत: हुम्ला जिल्लामा यस प्रकारको जटिल केसको सफल शल्यक्रिया पहिलो पटक सम्पन्न भएको हो ।

प्रकाशित मितिः     १४ जेष्ठ २०८३, बिहीबार ०६:३४  |