
नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले विभिन्न पदमा सदस्य तथा पदाधिकारी नियुक्त गरेको छ।
संघको २०८३ असोज १ गते बसेको बैठकले महिला सदस्यमा उषा थापा भण्डारी र अल्पना गुप्ता तथा वरिष्ठ सदस्यमा अब्दुल जलिल मन्सुरीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै, संघका अध्यक्ष चिरञ्जीवी ओलीले विवेक रानाभाट र हिमान्शु गुप्तालाई सदस्य पदमा नियुक्त गरेका छन्। बैठकले नन्द राम जैसीलाई संघको प्रवक्ताको जिम्मेवारीसमेत प्रदान गरेको छ।

संघले नवनियुक्त सबै सदस्य तथा पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ जिम्मेवारीसँगै संघका गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

