जागिरसँगै कृषि, खेर गएको जग्गामा उदाहरणीय एग्रोफर्म (भिडियो)


नेपालगन्ज । बाँकेको डुडुवा–६, सुन्दरपुरका ३२ वर्षीय प्रदीपकुमार साह पेशाले स्वास्थ्यकर्मी हुन्। कार्यालय समयपछि उनी कृषि कर्ममा रमाउँछन्।

साहले १० कठ्ठा जग्गामा एक हजारभन्दा बढी लोकल कुखुरा पालेका छन्। कुखुरापालनसँगै उनले माछा तथा बाख्रापालन पनि गर्दै आएका छन्।

स्वास्थ्यकर्मीको जिम्मेवारी पूरा गरेपछि बाँकी समय कृषि फर्ममा बिताउने साहले जागिरसँगै व्यावसायिक कृषि गर्न सकिने उदाहरण प्रस्तुत गरेका छन्। उपयोगविहीन रहेको जग्गालाई सदुपयोग गर्दै उनले एकीकृत कृषि प्रणालीमार्फत आम्दानीको सम्भावना खोजिरहेका छन्।

प्रकाशित मितिः     २४ आश्विन २०८३, शनिबार ०८:४७  |