बैंक

घर किन्ने बढे,४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह

घर किन्ने बढे,४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह

   
काठमाडौं । बस्ने प्रयोजनका लागि घर किन्नेको संख्या बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा साढे २८ अर्ब रुपैयाँ आवासीय घरकर्जा प्रवाह भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा २५६.३०९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा ७ अर्ब ९८ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् आवासीय कर्जामा सीमा ५० लाखले बढाएर २ करोड रुपैयाँ
कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो

कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो

   
नेपालगन्ज । कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर २०७९ साउनको हाराहारीमा झरेको हो । २०७९ साउनमा ११.९४ प्रतिशत रहेको कर्जाको ब्याजदर त्यसयता लगातार बढेर माग र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । चैतदेखि घट्न थालेको ब्याजदर २०८० कात्तिकमा ११.९६ प्रतिशतमा झरेको छ । कर्ज
ग्लोबल आइएमई बैंककाे संचालक निर्वाचित

ग्लोबल आइएमई बैंककाे संचालक निर्वाचित

   
काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित भएको छ । बिहीबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांश पारित गरेको हो । बैंकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट सेयर धनीलाई ८ प्रतिशत नगद र १ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव आजसम्पन्न सभाले पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष
सर्लाहीमा हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो पाँच लाख

सर्लाहीमा हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटियो पाँच लाख

   
सर्लाही । सर्लाहीको हरिपुर्वामा अज्ञात समूहले हतियार देखाएर सहकारीका कर्मचारीबाट लुटपाट गरेका छन्। बिहीबार बिहान हरिपुर्वा नगरपालिका–६, हनुमानचोक नजिकैबाट अज्ञात समूहले हतियार देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। हरिपुर्वा नगरपालिका–५, मा रहेको जयगंगा बचत तथा ऋण सहकारीका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ। नजिकैको एनआइसी एसिया बैँकबाट पैसा झिकेर कार्यलय जाँदै गर्दा
ग्लोबल आईएमई बैंक पहुँच नपुगेका नागरिकलाई सेवा दिन तत्पर छ- चन्द्र ढकाल

ग्लोबल आईएमई बैंक पहुँच नपुगेका नागरिकलाई सेवा दिन तत्पर छ- चन्द्र ढकाल

   
काठमाडौं । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताए । बिहीबार ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए । उनले बैंकको ७७ जिल्लामा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिन
कुमारी बैंकले कर्जाको प्रिमियम दर घटायाे,अधिकतम ३.५% रहने

कुमारी बैंकले कर्जाको प्रिमियम दर घटायाे,अधिकतम ३.५% रहने

   
काठमाडौं । कुमारी बैंकले कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आगामी जनवरी १ (पुस १६) देखि लागू हुने गरी बैंकले कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५% रहने गरी लागू गर्ने जनाएको छ । नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ । कुमारी बैंकले ग्राहकहरुको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद
९९ लाख सहित हुण्डी काराेबारी पक्राउ

९९ लाख सहित हुण्डी काराेबारी पक्राउ

   
काठमाडौं । हुन्डी, अनलाइन जुवा, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न भएको आरोपमा थप तीनजना पक्राउ परेका छन् । गत ६ मंसिरमा पक्राउ परेका काठमाडौं बागबजारका रूपेश श्रेष्ठमाथि अनुसन्धान गर्ने क्रममा थप तीनजना समातिएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मीनबहादुर जिसी, आशिष अग्रवाल र कुमार परियारलाई पक्राउ गरेको हो । उनीहरूले श्रेष्ठसँग मिलेर अवैध कारोबार गर्दै आएको
आर्थिक संकटकाे ‘साईड इफेक्ट, बाँकेमा बढ्यो आर्थिक अपराध

आर्थिक संकटकाे ‘साईड इफेक्ट, बाँकेमा बढ्यो आर्थिक अपराध

   
नेपालगन्ज – आर्थिक संकटले निम्त्याएकाे ‘साईड इफेक्ट’   बाँकेका आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक(डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८० मा बैकिङ्ग कसुरका मात्रै ३ सय ५ वटा उजुरी परेका छन् । जबकी यही कसुरमा आर्थिक वर्ष २०७८/७९ जम्मा ७५ वटा उजु
बित्तीय सचेतना : अनलाइन बैंकिङ यसरी सुरक्षित गराैं

बित्तीय सचेतना : अनलाइन बैंकिङ यसरी सुरक्षित गराैं

   
१. अनलाइन बैंकिङको प्रयोग गर्नुअगाडि आफ्नो बैंकको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रिया आदिबारे जानकारी लिऔँ । २. अनलाइन बैंकिङ सेवा प्रयोग गर्दा सम्बन्धित बैंकको आधिकारिक वेबसाइट प्रयोग गर्ने । मोबाइल बैंकिङका लागि आधिकारिक मोबाइल एप पहिचान गरेर मात्रै इन्स्टल गर्ने । ३. अनलाइन बैंकिङमा प्रयोग हुने कम्प्युटर, मोबाइल र ल्यापटपमा अनिवार्य रूपमा पासवर्ड, प्याटर्न, पिन, बायोमेट्रिक आदिको प्रयोग