‘स्मार्ट सेवा हाम्रो प्राथमिकता’– नेपाल बैंकका प्रदेश प्रमुख पासाङ्ग शेर्पासंगको कुराकानी
नेपालगञ्ज : देशकै जेठो बैंक नेपाल बैंक लिमिटेडले प्रदेश नं. ५ मा एक वर्षभित्र दोब्बर बढि शाखा सञ्चालनमा ल्याएको छ । एघार शाखाबाट मात्र बैंक तथा वित्तीय कारोवार गर्दै आएकोमा गत आर्थिक वर्ष थप शाखा विस्तार गरी पच्चिस पु¥याइएको नेपाल बैंक लिमिटेडका प्रदेश प्रमुख पासाङ्ग दोर्जे शेर्पाले जानकारी दिए । विस्तार गरिएका शाखा मध्ये द्धन्द्धकालमा बिस्थापित पनि रहेका छन् । केही शाखा भने नयाँ रहेको पाइएको छ









