२ हजार भन्दा माथिको ज्यालामा प्यान, भिसिटीएसलाई खुकुलो बनाउने विषयमा छलफल
नेपालगञ्ज -दैनिक ज्यालादारी र पटके काम गर्ने मजदुरलाई दुई हजारसम्म भुक्तानी गर्दा प्यान आवश्यक नपर्ने प्रावधान लागू गराउन छलफल भएको छ । ‘माल वस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ र स्थायी लेखा नम्बर ( प्यान) लागू गराउन देखिएको व्यवहारिक कठिनाइ हल गर्न गठन भएको पाँच सदस्यीय कार्य दलको पाँचौ बैठकमा उक्त विषयमा छलफल भएको हो ।
प्यान बाहेक भिसिटिएसका लागि कम्तिमा एक वर्षसम्म राजश्व अनुस









