खजुरामा मान्छेमाथि आक्रमण गर्ने बाघको खोजी
बाँके १४ जेठ : सोमबार साँझ खजुरा गाउँपालिका वडा नम्बर ३ धौलागिरीमा मान्छे माथि आक्रमण गरी घाइते पार्ने पाटेबाघको खोजी तिब्र पारिएको छ । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० वर्षिय दिपबहादुर श्रीषको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । अन्य दुई जना सामान्य घाइतेको पहिचान खुल्न सकेको छैन । शरिरको बिभिन्न भागमा गहिरो चोट लागेका श्रीषको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।









