लागत मूल्य कढेर चल्ला बिक्री हुन छाडेपछि २३६ ह्याचरी उद्योग बन्द
चितवन। कुखुराको चल्ला कोरल्न प्रयोग गरिने २३६ ह्याचरी उद्योग बन्द भएका छन्। कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन्।
नेपाल पोल्ट्री महासंघ उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने ३४८ ह्याचरी उद्योग सञ्चालनमा थिए। अहिले यो संख्या १२० मा झरेको छ।
यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ। एक सातामा बोइल









