शिलान्यास भएको तीन महिना बित्दा समेत आईसिपीको काम सुरु भएन
नेपालगन्ज १८ बैशाख : नेपालगन्ज– रुपैडिहा नाका लक्षित एकिकृत भन्सार जाँच चौकी ( आईसिपी) को काम शिलान्यास भएको तीन महिना बित्दा समेत शुरु हुने छाँटकाँट देखिएको छैन् । गत पुस ३० गते भारतका गृहमन्त्री राजनाथ सिंहले रुपैडिहामा एकिकृत भन्सार जाँच चौकी ( आईसिपी)को तामझामका साथ शिलान्यास गरेका थिए ।
दशवर्षदेखि आईसिपीको चर्चा चलेपनि काम अगाडी बढ्न नसकेका बेला भारतीय गृहमन्त्री आफै आएर शिलान्यास गरेप