कपुरकोटबाट एक महिनामै साढे सात करोडको तरकारी अन्य जिल्लामा बिक्री
शंकर के सी
सल्यान- एक महिनाको अवधिमा सल्यान कपुरकोटबाट साढे सात करोड भन्दा बढिको ताजा तरकारी तथा फलफुल वाहिर जिल्ला गएको
छ । गत जेठ २८ गतेदेखि असार मसान्त सम्म कपुरकोटका किसानले तरकारी विक्रि गरेर ७ करोड ६९ लाख १३ हजार ४ सय ४३ रुपैयाँ हात पारेका हुन् । कृषि उपज बजार केन्द्रले दिएको जानकारी अनुसार ८ हजार १ सय ३४ क्वीन्टल ताजा तरकारी तथा फलफुल कपुरकोटबाट ब्यापारिहरुले खरिद गरेर वाहिरि जि









