नेपालमा चिनियाँले यसरी बनाउँदैछन् सिमेन्ट उद्योग
-खेमराज श्रेष्ठ/बिजमाण्डू
धादिङ(ताल्ती)।मलेखु पूरानो बजारबाट ११ किलोमिटर खोलैखोलाको यात्रा गरेपछि पुगिन्छ ताल्ती।ताल्ती त्यही हो जहाँ सभामुख कृष्णबहादुर महराले चिनियाँ लगानी संयुक्त लगानीको १४ अर्बको हुवासिन सिमेन्ट चार महिना अघि शिलन्यास गरेका थिए।
चार महिना अघि शिलन्यास भएको हुवासिन सिमेन्टको उद्योग निर्माणको काम अहिले धमाधम हुँदैछ।एउटा सुनसान ठाउँमा उद्योग निर्माणका लागि ६ सय २० जना कामदार ती