मुख्यमन्त्री पोखरेलसंग जापानका राजदूूतको भेट, प्रदेशको कृषि र औद्योगिक विकासको चर्चा
बुटवल १२ असार : प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि जापानका महामहिम महामहिम राजदूत मासामिची साइगोले आज भेट गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पूरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासलाई सघाउ गर्न जापान सधैं तयार रहेको बताउनु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकार









