कर कार्यालय र बैंकमा बुझाउने विवरण फरक परे ऋण नपाइने
नेपालगञ्ज -अबदेखि कर कार्यालयमा बुझाएको वित्तीय विवरणका आधारमा मात्र बैंक तथा वित्तीय संस्थाहरुले ऋण दिने भएका छन्। नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि राजश्व ब्यवस्थापन महाशाखाको आग्रह अनुसार कर कार्यालयको बिवरणसँग रुजु गरेर मात्र ब्यवसायीलाई ऋण दिन बैंकहरुलाई निर्देशन दिएको छ। ब्यवसायिक ऋण प्रवाह गर्दा आन्तरिक राजश्व विभागको एकिकृत कर प्रणालीमा समावेश गरिएको ऋण लिन चाहेको ब्यक्तिले भर्नु पर्ने व