जडिबुटी निर्यातमा करमा कर थपियो


बा“के ः जडिबुटी निर्यातमा भारतको उत्तरप्रदेश राज्यको छुट्ट्ैै ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएका नेपाली जडिबुटी ब्यवसायीहरुले पछिल्लो समय भारतमा लागु भएको बस्तु तथा सेवा कर ( जिएसटी) समेत तिर्नुपरेको छ । थरीथरीका करहरु तिर्नुपरेका कारण करोडौको जडिबुटी ब्यवसाय मारमा परेको जडिबुटी ब्यवसायी संघ नेपालगन्जका अध्यक्ष याकुब अन्सारीले बताए ।
‘भारतको प्रदेश सरकारदेखि केन्द्रसरकारसम्म ट्रान्जिट परमिटका बारेमा कुरा पु¥यायौं तर सुनुवाई होला भनेको झन् जिएसटी पो लागु
भयो ।’ अध्यक्ष अन्सारीले भने,–‘मारमा मार थपियो ।’ जिएसटी लागु भएपछि निर्यात खर्च बढेको र त्यसको सिधा मार जडिबुटी
किसानहरुलाई पर्ने उनको भनाईछ । मध्यपश्चिमका पहाडी जिल्लाका किसानहरुले उत्पादन गरेको जडिबुटी नेपालगन्जका ब्यवसायीहरुले भारत लगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । करहरु थपिदा जडिबुटी किसानबाट मुल्य घटाएर जडिबुटी खरिद गर्नुपर्ने अबस्था सिर्जना भएको ब्यवसायीहरुको भनाई छ ।
जडिबुटीको हवका रुपमा चिनिएको नेपालगञ्ज नाकादेखि भारत निकासी गर्दा व्यवसायीहरु घु“स दिन बाध्य भएका छन् । व्यवसायीहरुले संकलन गरेको जडिबुटी नेपालगञ्जका नाकाहरुमा थन्केर कुहिन थालेपछि घु“स दिएर निकासी गरिरहेको खुलासा भएको छ । भारत निकासी गर्दा व्यवसायीहरुले जडिबुटी अनुसार किलोको दरले घु“स दिइरहेका छन् ।
जडिबुटी निकासीमा भारत ‘ट्राञ्जिट परमिट’ प्रणाली लागुगरेपछि व्यवसायीहरु घु“स दिन बाध्य भएका हुन् । अहिले व्यवसायीहरुले ‘ट्राञ्जिट परमिट’ र घु“सको समस्या भोग्दै आएका छन् ।
‘ट्राञ्जिट परमिट’ प्रणाली लागुभएपछि निकासीमा झन्झटिलो भएपछि नेपालगञ्जमा जडिबुटी गोदाममा थन्किएरहेको छ । पैसा नदिए गाडी लामो समय रोकिने, सामान झार्ने समस्या बढी हुन्छ । उनले भने, ‘यो विषयमा सरकार गम्भिर भएर लागेको छैन् । सरकारलाई लामो समयदेखि समस्याका बारेमा जानकारी गराउ“दा समेत जडिबुटी व्यवसायीका बारेमा सरकार नलागेको आरोप समेत लगाए ।
भारतीय ट्राञ्जिट परमिटकै कारण नेपालगन्ज नाकाबाट भारतलगायत तेस्रो मुलुकमा जडीबुटी निकासी घटेको छ । बर्षनी जडिबुटी निकासी घटेको व्यवसायी बताउ“छन् । ठुला व्यवसायी घु“स दिएर निकासा गरेपनि साना व्यवसाय पलायन हुनुपरेको छ । नेपालगन्ज हु“दै भारत, अमेरिका, चीन, पाकिस्तान, बङगलादेश, फ्रान्स, स्विजरल्याण्ड, अष्ट्रलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुन्छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छ । जडिबुटी व्यवसायी संघका अध्यक्ष अन्सारीले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बिषयमा नेपाली जडिबुटी ब्यवसायीका समस्याहरु भारत समक्ष उठाउन माग गरेका छन् । ‘प्रधानमन्त्री ज्यूले भारतमा यो कुरा उठाईदिनुभयो भने राहात हुन्छ ।’–अध्यक्ष अन्सारीले भने,–‘जडिबुटी ब्यवसाय लाखौं नेपालीसंग प्रत्यक्ष जोडिएको बिषय हो ।’

प्रकाशित मितिः     २८ कार्तिक २०७५, बुधबार ०२:२५  |