ईन्जिनियरिङ्ग एशोसियसनको प्रदेश ५ को सचिवमा नेपालगन्जका अच्यूत तिमिल्सेनाको उम्मेदवारी


बाँके : नेपाल ईन्जिनियरिङ्ग एशोसियसनको प्रदेश निर्वाचनमा नेपालगन्जका ईन्जिनियर अच्यूतराज तिमिल्सेनाले सचिव पदमा उम्मेदवारी दिएका छन् । भेरी प्राविधिक शिक्षालयका उपप्रमुख तिमिल्सेना प्रगतिशिल प्यानलबाट निर्वाचन लड्दैछन् ।
शालिन र भद्र स्वभावका तिमिल्सेनाले सबै उम्मेदवारहरुको साथ पाएर बिजयी हुने बताएका छन् । संघीय संरचनामा गएपछि पहिलो पटक नेपाल ईन्जिनियरिङ्ग एशोसियसनको प्रथम प्रदेश अधिवेशन हुँदै छ । छबिन्द्र भट्राई नेतृत्वको प्यानलबाट सचिव पदमा चुनाव लड्रदै छन् । त्यसैगरी कोहलपुरकै भुपेन्द्र ओली सदस्यमा र खुमलाल बुढा केन्द्रीय सदस्यमा नर्वाचन लड्दै छन् । केन्द्रिय समिति र प्रदेश समितिका लागि हुने निर्वाचनमा देशभरका २० हजार इञ्जिनियर सहभागि हुने छन । निर्वाचनबाट नेतृत्वमा पुग्न सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस निकटका इञ्जिनियरहरु प्यानल बनाएर प्रचारमा जुटेका छन । प्रदेशमा उम्मेवारहरुको मनोनयन दर्ता भएपनि केन्द्रमा मनोनयन दर्ताको मिति पर्सी मंसिर २ गतेका लागि तय गरीएको छ । केन्द्रिय नेतृत्वका लागि नेकपा निकटका इञ्जिनियरहरुको समुहले प्रा.डा. त्रिरत्न मानन्धरलाई अघि सारेको छ भने काग्रेस निकट इञ्जिनियरहरुको समुहले भोलीसम्म नेतृत्वको नाम अघि सार्ने तयारी गरेको छ । यसैबिच प्रदेश नम्वर ५ मा कार्तिक २० गते लोकतान्त्रिक र प्रगतिशिल दुई प्यानलमा उम्मेद्धारी दर्ता गरेका इञ्जिनियरहरुले प्रचार तिब्र पारेका छन । दुबै समुहले सामाजिक सञ्जाल र एक आपसमा भेटघाट गर्दै प्रचार तिब्र पारेका हुन । म्ंसिर २८ गते हुने निर्वाचनका लागि प्रदेश ५ मा बुटवल, दागं र नेपालगञ्ज गरी ३ वटा केन्द् तोकिएका छन ।
को हुन ईन्जिनियर अच्यूत तिमिल्सेना ?

हाल नेपालगन्ज उप—महानगरपालिका वडा नं. १२ का स्थायी वासीन्दा अच्युत राज तिमिल्सिना विगत १४ वर्ष देखी ईन्जिनियरिङ विधामा प्रदेश नं. ५ का विभीन्न Technical Vocational Education and Training(TVET) संस्थाहरुमा अध्यापन गराउंदै आइरहेका छन् ।
CTEVT अन्तर्गत कोरिया नेपाल ईन्स्टिच्युट अफ टेक्नोलोजी तामनगरमा Electrical and Electronics विभागको संस्थापक विभागिय प्रमुखको रुपमा कार्य गरिसकेका उनी हाल नेपालगन्ज स्थित भेरी प्राबिधिक शिक्षालयमा प्राज्ञिक उप—प्रमुखको रुपमा कार्यरत छन् । Tribhuvan University बाट विज्ञान बिषयमा I.Sc , Pokhara University बाट Electronics and Communication Engineering मा BE, Tribhuvan University बाट ब्यवस्थापनमा Masters अनि Assam Don Bosco University, Guwahati, INDIA बाट Electrical and Electronics Engineering मा ःMasters गरेका तिमिल्सिना ईन्जिनियरिङ शिक्षाको विकास र समय अनुसार परिवर्तन गरि Electrical, Electronics and Communication Engineering विधा सहित समस्त ईन्जिनियरिङ पेसागत सुरक्षाको व्यवस्थाको लागि सदैव सक्रिय रहने प्रण सहित प्रोगेसिभ इन्जिनियरको छविन्द्र भट्टराई नेतृत्वको प्यानलवाट प्रदेश न ५ को सचिब पदमा उम्मेदवार दिएका छन् । युवा वर्गको साथ र सिनियरको विश्वासका आधारमा उनको जित हुने बिश्वास छ ।

प्रकाशित मितिः     ७ मंसिर २०७५, शुक्रबार १२:१५  |