फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट शुभारम्भ : सबै प्रकारका इलेक्ट्रोनिक्स सामान पाइने


बाँके : नेपालगन्जको सेतुबिकचोकमा बिभिन्न इलेक्ट्रोनिक्स सामाग्री एकैथलोमा पाइने ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’ सन्चालनमा आएको छ । शनिबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, नेपालगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसादप्रसाद भण्डारी, नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरन्जिवी ओली लगायतले ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’को उद्घाटन गरे ।
मार्टको उद्घाटन गर्दै अध्यक्ष बैश्यले नेपालगन्जमा हरप्रकारका इलेक्ट्रोनिक्स सम्बन्धि सामाग्री पाउँदा भारत जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । ‘गुणस्तरिय इलेक्ट्रोनिक्स सामाग्रीका लागि अन्यत्र भौतारिनु पर्दैन अब ।’ अध्यक्ष बैश्यले भने,—‘ ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्टले थप गुणस्तरिय सामाग्रीहरु दिन्छ भन्ने बिश्वास छ ।’
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसियसनका अध्यक्ष चिरन्जिवी ओलीले गुणस्तरिय र ब्राण्डेड सामाग्रीका लागि नेपालगन्ज हब नै भएको बताए । कार्यक्रममा बोल्दै ‘फोरकास्ट इलेक्ट्रोनिक्स मार्ट’का सन्चालक अर्जुन खड्काका बुवा खिमलाल खड्काले अन्यत्र भन्दा गुणस्तरिय र सर्बसुलभरुपमा इलेक्ट्रोनिक्स सामाग्री बिक्री हुने बताए । खड्काले सबै सामाग्रीहरु एउटै थलोमा पाइने पनि बताए । उक्त मार्टमा वासिङ मेशिन, फ्रिज, मोवाईल, अत्याधुनिक टिभी, जस्ता सामाग्रीहरु पाईन्छ ।

प्रकाशित मितिः     ८ मंसिर २०७५, शनिबार १५:३५  |