पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित


बाँके : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश नम्ब ५ को अध्यक्षमा बसन्त लामिछाने निर्वाचित भएका छन् । प्रथम अधिवेशन पछि शनिबार राती सम्पन्न निर्वाचनमा दांगका भैरब रावललाई पराजित गर्दै लामिछाने अध्यक्षमा निर्वाचित भए ।
लामिछानेको नाममा सर्बसम्मत गर्ने अन्तिम प्रयासमा सफल नभएपछि निर्वाचन भएको थियो । लामिछानेले ७२ मत पाएका थिए भने रावलले ४३ मत पाएका थिए । अध्यक्ष निर्वाचित लामिछाने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको संस्थापक अध्यक्ष र महासंघ केन्द्रको सल्लाहकार समेत हुन । उनी नेपालगन्ज उद्योग वाणिज्य संघको बरिष्ठ सदस्य समेत हुन ।
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश समितिमा बाँकेका दुर्गासिंह बस्नेत र अशरफ खान समेत सदस्य भएका
छन् । महासंघको प्रथम अधिवेशन बुटवलमा सम्पन्न भएको छ ।


प्रकाशित मितिः     २९ मंसिर २०७५, शनिबार २२:५४  |
error: Content is protected !!