प्रोबेशन ब्राण्डका लागि बाँकेका तीन सहकारी प्रक्रियामा, के हो प्रोबेशन ब्राण्ड ?


बाँकेका होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था, माता बागेश्वरीले प्रोबेशनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरुका सम्बन्धमा प्रक्रिया सुरु भइसकेको र प्रमाणिकरणका लागि १८ महिना लाग्न सक्ने नेफ्स्कूनका केन्द्रीय सन्चार प्रमुख सञ्जय तिमिल्सेनाले बताए । बाँकेबाट अरु सहकारी पनि सो प्रक्रियामा सहभागि हुने चरणमा छन् ।


बाँके : नेफ्स्कूनले सदस्य साकोसहरुको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि सञ्चालन गर्ने नेपाल स्तरको ब्राण्डिङ पूर्ण तथा व्यवसाययिक साकोस विकास कार्यक्रम (प्रोबेशन) को लागि बाँकेका तीनवटा सहकारीले प्रक्रिया सुरु गरेका छन् ।
बाँकेका होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था, माता बागेश्वरीले प्रोबेशनका लागि प्रक्रिया सुरु गरेक छन् । उनीहरुका सम्बन्धमा प्रक्रिया सुरु भइसकेको र प्रमाणिकरणका लागि १८ महिना लाग्न सक्ने नेफ्स्कूनका केन्द्रीय सन्चार प्रमुख सञ्जय तिमिल्सेनाले बताए । बाँकेबाट अरु सहकारी पनि सो प्रक्रियामा सहभागि हुने चरणमा छन् ।
यस आ.व.२०७४र०७५ को अन्तिम परीक्षणको नतिजा प्रकाशन गरिसकेको छ ।  यस बर्ष प्रोबेशन अन्तिम परीक्षण गराउने नेपालका ३१ बचत तथा ऋण सहकारी संस्थाहरुमध्ये २१ वटा सहकारी संस्थाले प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएका हुन् । संघको पौष ५ र ६ गते सम्पन्न हुन गईरहेको २७ औं साधारणसभाबाट उक्त सहकारी संस्थाहरुलाई ब्राण्ड प्रदान गरिनेछ तिमिल्सेनाले जानकारी दिए । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र नेपाल सरकार सहकारी विभागको संयुत्त पहल र साभेदारीमा नेपालका बचत तथा ऋण सहकारी संस्था (साकोस) हरुको जोखिम व्यवस्थापन, सदस्य केन्द्रित र गुणस्तरीय सेवा मार्फत सदस्यको पैसा व्यवस्थापनमा प्राविधिक सहयोग र्पुयाउने उद्देश्यले साकोसहरुकै लागत सहभागिता (आवश्यक खर्च व्यहोर्ने) का आधारमा २०६९ सालदेखि सुरु भएको यो कार्यत्रममा हाल नेपालका १७२ साकोसहरु सहभागी
छन ।
एशियाली ऋण महासंघ (आकु) को प्राविधिक साभेदारीमा एशियाली गुणस्तर मापदण्डको कार्यत्रम एक्सेसमा ५३ साकोसहरु मध्ये यस वर्ष २० वटाले एशियाली मापदण्ड अनुरुपको गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्त गरेकाछन् । यो संख्या एशियाका समग्र बचत ऋण सहकारी अभियानमा नै सर्वा्धिक हो ।

ब्राण्ड प्राप्त गर्न सफल ।
१.  कोलिय बचत तथा ऋण सहकारी संस्था लि.(साकोस) रुपन्देही ।
२. ग्रामीण साकोस, नवलपरासी ।
३.  ग्रामीण साकोस, सल्यान ।
४.  चित्रवन साकोस, चितवन ।
५.  जन उत्थान साकोस, रुपन्देही ।
६.  नव प्रगती साकोस, नवलपरासी ।
७.  नव विकास साकोस, रौतहट ।
८.  प्रभात दिदी बहिनी साकोस, चितवन ।
९.  परोपकार साकोस, नवलपरासी ।
१०.  महिला अभियान साकोस, मकवानपुर ।
११.  महिला जनचेतना साकोस, मकवानपुर ।
१२.  महिला जागरण साकोस, मकवानपुर ।
१३.  महिला मिलन साकोस, मकवानपुर ।
१४.  लुम्बिनी साकोस, नवलपरासी ।
१५.  शिक्षक कल्याण साकोस, दोलखा ।
१६.  सयपत्री साकोस, नवलपरासी ।
१७.  सिको साकोस, बर्दिया ।
१८.  सिनर्जी साकोस, कपिलबस्तु ।
१९.  सुन्दरपुर साकोस, मोरङ ।
२०.  श्रोत परिचालन साकोस, धादिङ ।
२१.  हरियाली साकोस, दाङ ।

प्रकाशित मितिः     १ पुष २०७५, आईतवार १६:०१  |