नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम


बाँके : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले सन्चालन गरेको खाद्य मेलामा आयोजना गरिएको नृत्य प्रतियोगितामा जिभिएन स्कुल प्रथम भएको छ । धेरै बिद्यार्थीहरु माझ भएको अन्तिम प्रतिस्पर्धाबाट नृत्य प्रतियोगितामा जिभिएन स्कुलकी सरिता फुयाल प्रथम भईन । उनले नगद २० हजार र प्रमाणपत्र पाईन । उनलाई प्रतिनिधि सभाषद महेश्वर गहतराज अथकले पुरस्कार प्रदान गरेका थिए । जिभिएन स्कुल शिक्षाका साथ साथै अतिरिक्त गतिबिधिमा अगाडी देखिएको छ ।


प्रकाशित मितिः     १ पुष २०७५, आईतवार १७:५१  |
error: Content is protected !!