अच्युत प्रसाई : उद्योग वाणिज्य संघलाई सक्रिय बनाउने अध्यक्ष


बौद्धिक व्यक्तित्व अच्युत प्रसाई उद्योग वाणिज्य संघको राजनीतिका क्षेत्रमा चर्चित नाम हो । प्रसाई २०५२ सालबाट नेपालगन्ज उद्योग वाणिज्य संघमा सक्रिय छन् । तत्कालिन अध्यक्ष कन्हैयालाल टण्डनले उनलाई सदस्यमा मनोनित गरेका थिए । संघ सक्रिय नभएका बेला उनी लगायत तीन जनालाई सदस्यका रुपमा मनोनित गरिएको थियो । त्यसपछि उनीहरुकै सक्रियतामा संघलाई सक्रिय बनाउने काम भएको थियो ।

संघमा मनोनित भएपछि उनी लगायतले संघको स्वामित्वमा रहेको जग्गा अतिक्रमण हटाउने काम भएको थियो । यद्यप प्रयास असफल भयो । कर्मचारीको अवस्था बेहाल थियो । तलव अति कम भएपछि तलब बृद्धि गर्ने काम भएको थियो, त्यसबेला । संघको भौतिक संरचना राम्रो थिएन । बिधान पनि एक पन्ने थियो । त्यसलाई संशोधन गर्ने काम भयो । निर्वाचन गराउन दबाब दिइयो । २०५३ सालमा निर्वाचन भयो । तत्कालिन उपाध्यक्ष बिजयमान पति र प्रसाईबीच प्रतिस्पर्धा भयो । १५ जना कार्यसमितिमा १२ जना प्रसाई पक्षका बिजयी भए । निर्वाचन जिते पनि उनी सामु धेरै चुनौती थिए । ती चुनौती पार गर्ने काम उनले गरे । त्यसबेला उद्योगी, व्यवसायीहरुलाई हेर्ने प्रहरीको नजर गलत थियो । दुहुनो गाई बनाउने चलन थियो । त्यसलाई रोक्न उनले निकै ठुलो मेहेनत गर्नुपरेको थियो । गुण्डाहरुको सताउने काम त्यस्तै थियो । यि सबै कुरा समाधान गरे उनले । एउटा कोठाबाट सुरु भएको संघको कार्यालय तीन तले भवन निर्माण भयो । संघले बिधान पायो भने भौतिक संरचना सम्पन्न भयो ।
यसका साथै पहिलो पटक उनी नै नेपाल उद्योग वाणिज्य महासंघमा सहभागि भए । पहिलो पटक प्रसाई केन्द्रीय सदस्य भएपछि अहिलेसम्म त्यो कार्यले निरन्तरता पाएको छ । हरेक वर्ष नेपालगन्ज उद्योग वाणिज्य संघबाट केन्द्रमा प्रतिनिधित्व हुन्छ । उनकै कार्यकालमा माइन जर्मनी कार्यक्रम सन्चालन भयो । ३ सय सदस्य रहेको संघलाई उनकै कार्यकालमा १८ सय सदस्यको धनी बनाइयो ।

अच्यूत प्रसाद प्रसाई नेतृत्वको कार्यसमिति यस्तो थियो,


अच्यूत प्रसाद प्रसाई
अध्यक्ष
कन्हैयाल टण्डन
निर्बतमान अध्यक्ष
दामोदर प्रसाद गुप्ता
ब्यापार उपाध्यक्ष
सुनील कुमार शर्मा
उपाध्यक्ष, उद्योग
सतीशचन्द्र अग्रवाल
सचिव
श्यामकुमार शर्मा
सहसचिव
ज्ञानेन्द्रकुमार श्रेष्ठ
कोषाध्यक्ष
कार्यसमिति सदस्यहरु
उमाशंकर केशरवाल
बालकृष्ण रस्तोगी
तनबीर जमाल हल्वाई
सुरेन्द्रनाथ टण्डन
अशोककुमार कर्माचार्य
स्वं अमृतकुमार कर्माचार्य
बिश्वमान शेरचन
दामोदर आचार्य
ज्ञानकुमार श्रेष्ठ
श्यामकुमार खेतान
प्रदीपकुमार गुप्ता
प्रदीपकुमार छाजेड ( एशोसियट)
केडी सुराना ( एशोसियट)
पद्मा भट्राई ( महिला सदस्स्य)
मीना श्रेष्ठ ( महिला सदस्य)

स्रोत : नेपालगन्ज उद्योग वाणिज्य संघको स्वर्ण वर्ष स्मारिका २०७४

प्रकाशित मितिः     २ पुष २०७५, सोमबार ०८:००  |
error: Content is protected !!