दश करोडसम्मका उद्योग जिल्लामै दर्ता हुने


बाँके : दश करोडसम्मको स्थीर पुँजी भएको उद्योग खोल्नका लागि अब घरेलु तथा साना उद्योग कार्यालयमै दर्ता गरे पुग्ने भएको छ । यसअघि कुल पुँजी ५ करोड भन्दा माथिका उद्योग खोल्नका लागि काठमाण्डौं बिभागनै धाउनुपर्ने बाध्यता थियो । तर अब स्थीर पुँजी दश करोडसम्मका उद्योग जिल्लामै दर्ता र नविकरण हुने घरेलु तथा साना उद्योग कार्यालय बाँकेकी निमित्त प्रमुख दुर्गा ओलीले जानकारी दिईन ।


‘प्रदेश सरकारले परिपत्र गरेर दश करोड स्थीर पुँजी भएको उद्योग खोल्नका लागि जिल्लाबाट अनुमति दिन भनिसकेको छ । यसअघि सोही उद्योग खोल्नका लागि काठमाण्डौं जानुपथ्र्यो ।         — दुर्गा ओली, निमित्त कार्यालय प्रमुख,घरेलु तथा साना उद्योग कार्यालय


‘प्रदेश सरकारले परिपत्र गरेर दश करोड स्थीर पुँजी भएको उद्योग खोल्नका लागि जिल्लाबाट अनुमति दिन भनिसकेको छ । यसअघि सोही उद्योग खोल्नका लागि काठमाण्डौं जानुपथ्र्यो ।’– निमित्त प्रमुख ओलीले भनिन् –‘ अब उद्योगी , व्यवसायीहरुलाई नयाँ नियमले सहज बनाएको छ ।’ अब बिभागमा गएपनि उक्त लगानीको उद्योग दर्ता हुननसक्ने ओलीले बताएकी छन् ।
घरेलु तथा साना उद्योग कार्यालय अहिले प्रदेश सरकार मातहत रहेको छ । प्रदेश सरकार मातहत भए पनि अन्य कुनै काममा फेरबेदल गरिएको छैन । दश करोडसम्मको उद्योगलाई जिल्लामै दर्ता गराउने व्यवस्था मात्र नयाँ हो । उद्योग, व्यवसायका लागि अनुकुल मानिने बाँके जिल्लाका लागि नयाँ नियमले उत्साह थपेको छ । घरेलु तथा साना उद्योग महासंघ बाँकेका पूर्व अध्यक्ष जिवनाथ सापकोटाले दश करोड स्थीर पुँजीसम्मको उद्योग जिल्लातहबाटै दर्ता गर्ने नियमनले उद्योगीहरु उत्साहित भएको बताए ।


 ‘हामीले त अझ स्थानीय तहबाटै यो काम गरौं भनेका थियौं । तर स्थानीय तह सक्षम भइनसकेको कारण जिल्लातहबाटै यतिसम्म हुनु पनि राम्रो कुरा हो ।’                                          –जिवनाथ सापकोटा, पूर्व अध्यक्ष, घरेलु तथा साना उद्योग व्यवसायी महासंघ


‘हामीले त अझ स्थानीय तहबाटै यो काम गरौं भनेका थियौं । तर स्थानीय तह सक्षम भइनसकेको कारण जिल्लातहबाटै यतिसम्म हुनु पनि राम्रो कुरा हो ।’– पूर्व अध्यक्ष सापकोटाले भने,–‘ यो कार्यले नयाँ उद्योगीलाई धेरै उत्साहित बनाउनेछ ।’ बाँके जिल्लामा घरेलु तथा साना उद्योगको संख्या बर्षेनी बढ्दैछ । गत आर्थिक वर्षमा मात्र ७ सय ८९ वटा साना ठुला घरेलु तथा साना उद्योग दर्ता भएका थिए । हालसम्म बाँकेमा ५ हजा ३ सय ६२ उद्योग दर्ता भएका छन् । दर्ता भएका सबै उद्योगहरु सन्चालन भने नभएका पनि हुनसक्छन् । कतिपय घरेलु तथा साना उद्योगको अवस्था सन्तोषजनक छैन । घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष सापकोटाले अहिले भने निकै सुधार हुँदै गएको बताएका छन् ।

प्रकाशित मितिः     २ पुष २०७५, सोमबार १०:०२  |