जिगाउँ : सडक दुर्घटनामा सुर्खेतका दुई जनाको निधन


बाँके : पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाँकेको बैजनाथ गाउँपालिका—५ जिउगाउँमा बिद्यालयको बस र मोटरसाईकल ठोक्दिा सुर्खेतका दुई जना युवा निधन भएको छ । मृत्यु हुनेमा सुर्खेत लेकबेसी नगरपालिका— १ का बिक्रम गहतराज र गुर्भाकोट— १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक मानबहादुर बिसीले जानकारी दिएका छन् ।
सम्झानाचोक जादै गरेको बालज्योती बोर्डिग स्कुलको बा १ क ४४९५ नम्बरको बस र बासगढीबाट कोहलपुर आउँदै गरेको लु ४३ प ९५९९ नम्बरको मोटरसाईकल ठोक्किएका थिए । घटना भएपछि गमभीर घाइते भएका मोटरसाईकल चालक र पछाडी बसेका दुबै जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेज ल्याए पनि उपचार सम्भवत भएको थिएन ।
मृतको सनाखन भइसकेपछि आफन्तहरु आउने क्रममा रहेको प्हरी निरिक्षक बिसीले बताए । शब कोहलपुर नै राखिएको छ । प्रहरीले बस र बसचालकलाई नियन्त्रणमा लिएको बिसीले बताए ।


प्रकाशित मितिः     २ पुष २०७५, सोमबार १२:१८  |
error: Content is protected !!