भगतराम थारु
बाँके : स्थानिय तहमा अविछिन्न रुपमा कार्यरत कर्मचारीलाई सम्मानित सर्वोच्च अदालतको फैसला आदेशको कार्यन्वयन व्यवस्थाको माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । स्थानिय तह जिल्ला समन्वयन समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा आवद्ध अस्थायी, करार, ज्यालादारी, सामाजिक परिचालक लगायतका कर्मचारीहरुको अदालतले २०७५ मा अध्यादेश गरेको व्यवस्था अनुसार स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ८७ बमोजिम साविकका स्थानिय निकायका कर्मचारीको स्थायीत्वका साथै सेवा निरन्तरतको व्यवस्था सोही अध्यादेश बमोजिम पाउनुपर्ने माग गर्दै कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
स्थानिय निकायका श्रेणी विहिन कर्मचारीहरुको स्तरबृद्धिका साथै तहको बढुवा लगायत बृत्ति विकास तत्काल लागु गर्न आन्दोलनमा उत्रिएको ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति बाँकेका अध्यक्ष राजन केसीले बताए । कर्मचारी समायोजन अध्यादेश, २०७५ को दफा ४ बमोजिम स्थानिय सेवामा समायोजना हुने सवै कर्मचारीलाई समान व्यवहार गर्न साविक स्थानिय निकायका कर्मचारीको समकक्षता निर्धारण गरिनुपर्ने मागका साथ आन्दोलनमा उत्रिएको अध्यक्ष केसीले बताए ।
जिल्ला सम्मन्वय समितिमा कार्यरत अस्थायी करार कर्मचारी, ज्यालादारी, सामाजिक परिचालक कर्मचारीको सेवा निरन्तरता नभएको हुनाले निरन्तरता गर्न माग गरिएको ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति बाँकेका प्रवक्ता कृष्ण प्रसाद जोसीले बताए । काठमाण्डौं उपत्यका लगायत स्थानिय तहमा फोहोरमैला तथा सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीको पेशागत सुरक्षाको प्रत्याभुति नगर निजी क्षेत्रमा लैजान लागेकोले सो कार्य तत्काल रोकी सोही सोही क्षेत्रमा कार्यरत कर्मचारीको रोजगारी ग्यारेन्टी गर्न आन्दोलनमा उत्रिएको प्रवक्ता जोसीले बताए ।
सोमवारदेखि सुरु भएको आन्दोलन ११ गतेसम्म चल्ने जोसीले बताए । २ गते सांकेतिक विरोध स्वरुप देशभरका स्थानिय तहमा कामकाज बन्द गरि कार्यालय परिसरमा धर्ना गरि आन्दोलनको सूरुवात गरेका छौं प्रवक्ता जोसीले भन्नुभयो । यस्तै ३ गते विहाना १० बजेदेखि १२ बजेसम्म स्थानिय तहका कार्यालयहरुमा कालोपट्टी बाँधी कामकाग ठप्प गर्ने, ४ गते १० बजेदेखि २ बजेसम्म स्थानिय तहका कार्यालयहरुमा कालोपट्टी बाँधी कामकाज ठप्प पार्ने, ५ गते विहाना १० बजेदेखि ३ बजेसम्म कामकाज ठप्प पार्ने, ६ गते स्थानिय तहका कार्यालयहरुमा दिनभर कालोपट्टी बाधेर कामकाज ठप्प पार्ने लगायतका माग पुरा नभए १० गते विरोध सभा गरि आन्दोलनलाई थप कडाका रुपमा लैजाने विज्ञप्ती मार्फत उनिहरुले जनाएका छन् ।